काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालय अन्तर्गत सिता दाहाल मेमोरियल कलेज स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट सार्वजनिक गर्दै काठमाडौं विश्वविद्यालय अन्तर्गत सिता दाहाल मेमोरियल कलेज स्थापनाका लागि बजेट विनियोजन गरेको घोषणा गरेका हुन् । उनले सो कार्यक्रम घोषणा गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुसुक्क मुस्कुराएका छन् ।