नेपाल राष्ट्र बैंकले आज माघ १७ गते ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्दै छ। हिजो मात्रैपनि २० अर्वको निक्षेप संकरण उपकरण जारी गरेको राष्ट्र बैंकले आज पुन ३० अर्बको जारी गर्न लागेको हो। बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न राष्ट्र बैंकले दिनदिनै निक्षेप संकलनमार्फत रकम तानेको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । मंगलबार मात्रै केन्द्रीय बैंकले बजारबाट २० अर्ब रुपैयाँ तानेको थियो । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति माघ २४ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनीक गरेको तथ्यांक अनुसार माघ १४ गते आइतबारसम्म आउँदा बैंक तथा वित्तीय संस्थामा कुल ६१ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप रहेको छ। वाणिज्य बैंकहरुसँग मात्रमैम ५४ खर्ब २९ अर्ब निक्षेप जम्मा भएको छ। त्यस्तै सिडि रेसियो ८०.४८ प्रतिशत र अन्तर बैंक ब्याजदर २.८६ मा झरेको छ।