नेकपाको सचिवालय बैठक सम्पन्न, पार्टी विधान अनुमोदन

नेकपा केन्द्रीय सचिवालय बैठक

नेकपा केन्द्रीय सचिवालय बैठक
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक सकिएको छ।

 मंगलबार  बिहान बसेको बैठकले पार्टीको विधान अनुमोदन गरेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए।

महासचिव पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्नका लागि शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता समिति गठन गरेको जानकारी दिका थिए।

सरकारी वार्ता टोली र आन्दोलनरत डा. केसी पक्षघरहरुबीच अहिले शिक्षा मन्त्रालयमा वार्ता चलिरहेको छ।