उपत्यका सहित कोरोना सङ्क्रमणको अतिप्रभाबित अन्य १४ जिल्लाका बिद्यार्थीलाई स्कुल नजान मन्त्रालयको अनुरोध

काठमाडौं  २ बैशाख ।  पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट उपत्यका सहित  १४ जिल्ला अति प्रभावितमा क्षेत्रमा परेका छन् ।कोरोना संक्रमण अति तिव्र गतिमा बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर,भक्तपुर, कास्की,  चितवन, सुर्खेत, बारा रुपन्देही,बाँके, पर्सा,  कैलाली,  बाँके, मोरङ, दाङर बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो ।  मन्त्रालयले यी १४ जिल्लाका विद्यार्थीलाई स्कुल नपठाउन समेत अपिल गरिसकेको छ ।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलेय यस् १४  जिल्लामा  कम्तीमा ५० प्रतिशत अस्पतालको  वेड  कोरोाना बिरामी छुट्टयाउन  आग्रह गरेको छ । साथै ‘अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु,खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभई दिनु’ भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *