अध्यक्ष र प्रधानमन्त्रीभन्दा सुशासन, समृद्धि र राष्ट्रिय एकता मेरो प्राथमिताः प्रचण्ड

चितवन पुगेर प्रचण्डले भने, सरकारभन्दा एकता पहिले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्राथमिकता प्रधानमन्त्री र पार्टी अध्यक्ष भन्दा पनि सुशासन, समृद्धि र राष्ट्रिय एकता रहेको बताएका छन्।

काठमाडौँबाट बिहीबार गृह जिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले वाम गठबन्धनमा पद बाँडफाँडमा कुनै विवाद नरहेको बताए। उनले दुवै पार्टीका अध्यक्षलाई नेता भनिसकिएको भन्दै उनले अन्य विषयमा छलफल जारी रहेको बताए।

एकताका लागि ५०/५० प्रतिशत हुनुपर्ने, एउटा अध्यक्ष अर्को प्रधानमन्त्री हुनुपर्ने भन्ने विषयमा कुरै नभएको भन्दै उनले एकताका बारेमा मिडियामा गलत तरिकाले नबोल्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए।

सरकार गठना लागि बाटो खुलिसकको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेको प्रचण्डले अब आफूहरुको ध्यान पार्टी एकतामा केन्द्रीत हुने बताए। ‘राष्ट्रिय सभाको निर्वाचन लगत्तै सरकार निर्माणको प्रक्रिया अगाडि बढ्छ’, उनले भने, ‘सकभर सरकार गठनअगाडि नै पार्टी एकता गर्ने गरी तयारीमा लागेका छौँ।’

उनले पार्टी एकीकरणका लागि दुवै पार्टीमा कुनै मतभेद नरहेको भन्दै एमाले अध्यक्ष ओली अस्वस्थ भएका कारण केही रोकिएजस्तो देखिएको दावी गरे। उनले एकतामा कुनै आशंका नगर्न समेत आग्रह गरे।

सरकारले ल्याएको प्रदेशको अस्थायी केन्द्र उपयुक्त भए समर्थन गर्ने र नभए विरोध गर्ने उनले जानकारी दिए।

мог неseo оптимизацияpr акциячехиясамый надежный онлайн кошелек криптовалютpagerank