काठमाडौं  ।सर्वहारावर्गकाे पार्टी कम्युनिस्ट भनेर चिनिने नेकपा अण्डरलाइन पार्टीको सम्पत्ति अर्बौं रहेकाे खुलासा भएपछि दुनियाँ तीनछक्क परेका छन् ।

गरिव जनताको नाममा खुलेका पार्टी एमाले र माओवादी केन्द्रले अर्बौं मूल्य बराबरको सम्पत्ति जाेडेको रहस्य बाहिरिएको हो ।

पूर्व एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति रहेकाे छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन् ।

माओवादी केन्द्रको चलअचल सम्पत्तिको यकिन तथ्यांक छैन । तैपनि, करिब एक अर्बको सम्पत्तिको अनुमान छ । पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीय कार्यालयका दुईवटा भवन छन् ।

५६ आना जग्गा अखिल नेपाल ट्रेड युनियनको नाममा छ । धेरै जिल्लामा आफ्नै जग्गा र भवन पनि छ ।

दुवै पार्टीको स्वामित्वमा रहेको चलअचल सम्पत्ति अब नेपाल कम्युनिस्ट पार्टी अण्डरलाइनको स्वामित्वमा आउने नेताहरूले बताएका छन् ।