काठमाडौँ । सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरलाइन्सको जहाज हुम्लाको बाहुन खर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

यस अघि बाजुरामा फेला परेको भनिएपनि उक्त जहाज हुम्लाको बाहुन खर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज उडान भरेको केही समयदेखि नै सम्पर्कविहीन थियो।

उक्त जहाज दुर्घटना भएको खबर पाएपछि सुर्खेतबाट दुई वटा जहाज घटनास्थल तर्फ पठाइएको थियो ।बिमानस्थल स्रोतका अनुसार ९ एन एजेयु कल साइनको उक्त जहाजमा क्याप्टेन किरण भट्टराई र अर्को सहचालक सवार थिए। घटनाको थप बिबरण आउन बाँकी छ ।