काठमाडौं बैशाख ३०


नेपाली युवा स्पिनर सन्दीप लामिछानेले शनिबार इण्डियन प्रिमियर लिग(अाइपीएल) क्रिकेटमा डेब्यू गरे। दिल्ली डेयरडेभिल्सले सन्दीपलार्इ भारतीय कप्तान समेत रहेका विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गराएको थियो।

 

सन्दीपले अाफ्नो पहिलो खेललार्इ डेब्यूमा मात्रै सीमित राखेनन्। प्रभावशाली प्रदर्शन गर्दै धेरैको मन जिते। ४ अोभर बलिङ गरेका सन्दीपले दिल्लीका अन्य बलरभन्दा किफायती बलिङ गर्दै १ विकेट लिए। यसक्रममा उनले २५ रनमात्रै खर्चे।

सम्बन्धित समाचार: कोहलीको बैंग्लोरविरुद्ध सन्दीप सर्वाधिक सफल बलर

पार्थिव पटेलको विकेट लिएका सन्दीपले भारतीय कप्तान विराट कोहली र दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा उत्कृष्ट ब्याट्सम्यान एबी डिभिलियर्सविरुद्ध पनि प्रभावशाली बलिङ गरेका थिए।

सम्बन्धित समाचार: सन्दीप प्रशंसनीय छन: एबी डिभिलियर्स

डिभिलियर्सले खेलपछि सन्दीपको प्रदर्शन प्रशंसनीय भएको समेत बताएका थिए। यता, सन्दीपले भने विश्वका दुर्इ उत्कृष्ट ब्याट्सम्यानका विरुद्धमा बलिङ गर्न पाउनु निकै ठूलो अवसर भएको प्रतिक्रिया दिएका छन्।

सम्बन्धित समाचार: डेब्यूपछि सन्दीपले भने: कोहली र डिभिलियर्सविरुद्ध बलिङ गर्दा इन्ज्वाय गरे(भिडियो)

पहिलो खेलमा सन्दीपमा अाइपीएलमा एउटा रेकर्डपनि कायम गरेका छन। तर, यो उनको प्रदर्शनसँग नभइ उमेरसँग जोडिएको रेकर्ड हो। डेब्यूसँगै सन्दीप सवैभन्दा कम उमेरमा अाइपीएल खेल्ने विदेशी खेलाडीको सुचीमा दोस्रो नम्बरमा परेका छन्।

सम्बन्धित समाचार: कोहलीले ५० रन पूरा गर्दा सन्दीपबाट ७ रनमात्रै लिन सके

सन्दीपले १७ वर्ष २८३ दिनको उमेरमा अाइपीएलमा डेब्यू गरेका हुन्। उनी भन्दा अघि अफगानिस्तानका उजिब उर रेहमान छन। किंग्स एल्यावेन पन्जाबबाट खेलिरहेका अफस्पिनर रेहमानले १७ वर्ष ११ दिनका दिन डेब्यू गरेका थिए।

कम उमेरमा अाइपीएलमा डेब्यू गर्ने विदेशी खेलाडी यस्ता छन्:

मुजिब उर रेहमान – किंग्स एल्यावेन पन्जाब – १७ वर्ष ११ दिन

सन्दीप लामिछाने – दिल्ली डेयरडेभिल्स – १७ वर्ष २८३ दिन

मिचेल मार्स – डेकन चार्जर – १८ वर्ष १७० दिन

रासिद खान – सनराइजर्स हैदरावाद – १८ वर्ष १९७ दिन

अान्द्रेन बाराथ – किंग्स एल्यावेन पन्जाब – १९ वर्ष ३३९ दिन

सम्बन्धित समाचार: दिल्लीले हार्यो, सन्दीपको अविस्मरणीय प्रदर्शन

सम्बन्धित समाचार: यस्तो रह्यो सन्दीपका अाइपीएल डेब्यूका चार अोभर 

सम्बन्धित समाचार: कस्तो संयोग- यता मोदी बोले, उता सन्दीप खेले