बिप्लप निकट नेपाल कम्युनिष्ट पार्टीले भोली आइतबार (३० वैशाख ०७५) का दिन नेपाल बन्दको आह्वान गरेको छ । केपी ओली नेतृत्वको सरकारले राष्ट्रघात गरेको आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हो ।

 

नेकपाका महासचिव विप्लवले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केपी ओली नेतृत्वको सरकारलाई ‘लम्पसारवादी’को आरोप लगाउनुका साथै सरकारले भारतीय सरकारसँग राष्ट्रघाती सम्झौता गरेको जिकीर गरेका छन् । विभिन्न राष्ट्रघाती सम्झौता एवम् भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोध ‘नेपाल बन्द’को रूपमा गरिएको महासचिव विप्लवले विज्ञप्तिमार्फत् जनाएका छन् ।

बन्दप्रति सबै देशभक्त, जनवादी र बामपन्थीको सहयोग, समर्थन र ऐक्यबद्धताको आफू र आफ्नो पार्टीले अपेक्षा राखेको उल्लेख गर्दै विप्लवले विज्ञप्तिमा भनेका छन्– ‘आज मोदीको भ्रमण र केपी नेतृत्वको सरकार मोदीसामु लम्पसारको सामाजिक सञ्जालमा मात्र नभई देशैभरि प्रतिवाद भइरहेको छ । जनताको स्तर र केह संघ/संगठनहरूले गरेका यस्तो प्रतिवाद र प्रतिरोधको हाम्रो पार्टी सम्मान र समर्थन गर्दछ ।…’

विज्ञप्तिमा आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई सरकारले दमन र गिरफ्तार गर्ने, चरम यातना दिने तथा बेपत्ता तुल्याउने कार्य गरेको भन्दै आपत्ति जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा केपी र मोदीबाट गरिको अरुण–३ परियोजनाको शिलान्सायसलाई नेकपाले गम्भीर राष्ट्रघात भन्दै विरोध र भत्र्सना पनि गरेको छ ।

हेर्नुहोस् विप्लवद्वारा हस्ताक्षरित विज्ञप्ति जस्ताको तस्तै–