भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले नेपाल भ्रमणकाे क्रममा जनकपुरमा अाएर नेपालविना भारत अधुराे हुन्छ भनेर भाषण गरेकै दिन भारतीय सासदले भने जनकपुरलाइ भारतमा गाभ्नुपर्ने गम्भीर माग गरेका छन।तिन पटकसम्म सांसद भइसकेका विहारका कीर्ति अाजाद भन्ने विहारका सांसदले यस्ताे गम्भीर अापत्ति जनक माग गरेका हुन।२सय बर्ष अग्रेज र नेपालका विचमा जनकपुर सन्धी भएकाे र त्यतिवेला जनकपुर नेपालमा राखिएकाेले अब फिर्ता माग्नुपर्ने उनकाे तर्क छ।

उनकाे याे तर्कले नेपालमा हंगामा गरेकाे छ।जनकपुरका मेयरले साचाे माेदीलाइ हस्तान्तरण गरेकै दिन भारतीय सांसदले यस्ताे गैरजिम्मेवार अभिब्यक्ति दिएपछि नेपालमा भने हामीले जितेकाे टिष्टा र कांगडा फिर्ता लेउ भनेर उत्तर दिइएकाे छ।