ज‍नकपुर बैशाख २८


ओली र मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि शुक्रबारै जनककपुरबाट अयोध्या प्रस्थान गर्ने बस ओली र मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि शुक्रबारै जनककपुरबाट अयोध्या प्रस्थान गर्ने बस

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा जनकपुर–अयोध्या नेपाल भारत मैत्री बससेवा उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा मोदीले अयोध्या र जनकपुरको नाता अविष्मरणीय रहेको बताए। उनले जनकपुर र अयोध्या जोडिनु ऐतिहासिक भएको बताए। उनले नेपालले आफूलाई दिएको न्यानो स्वागतका लागि धन्यवाद दिए।

प्रधानमन्त्री ओलीले जनकको पालादेखि निरन्तर रहेको सम्बन्धलाई मोदीको भ्रमणले अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। आजको दिन खुसीको दिन भएको उल्लेख गर्दै ओलीले मोदीलाई नेपाल र नेपालीको तर्फबाट स्वागत गरे।

यसअघि मोदीले जनकपुर मन्दिरमा पूजाआजा गरेका थिए।

यसलगत्तै बाह्रबिघा मैदानमा मोदीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।