बुधबार बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वमा रहेको प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो । गण्डकीमा माओवादीबाट मन्त्री बन्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा रहेका छन् ।

उक्त निर्णयबारे आजै बस्ने संसद बैठकलाई जानकारी दिने तयारी भएको छ । गण्डकी प्रदेश सभाको बैठक बुधबार दिउँसाे १ बजे बस्दैछ। यद्यपी प्रदेश सरकारलाई दिएको समर्थन भने फिर्ता लिने नलिनेबारे कुनै निर्णय नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

माओवादी केन्द्रले आफ्ना दुई मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएपनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा पर्ने भएका छन । गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् । जसमा एमालेको २८ जना सांसद छ । एकल बहुमतका लागि ३ सिट मात्रै अपुग छ । कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्।