अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी अब्दुल्लाहलाई दिएको हो । एन्फाले आज पत्रकार सम्मेलन गरेर उनी प्रशिक्षक भएको घोषणा गर्दैछ।

यसअघि नेपाली टिमको मुख्य प्रशिक्षक बालगोपाल महर्जन थिए। उनकै नेतृत्वमा नेपाली राष्ट्रिय टिमले थ्री नेसन्स कप जितेको थियो । तर, विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो ।

अब्दुल्लाहले अब आगामी जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र यही सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टिम सम्हाल्नेछन् । यसअघि कतार,किर्गिस्तान,साउदी अरेबिया र कुवेतका विभिन्न टिममा रहेर अब्दुल्लाहले जिम्मेवारी बहन गरिसकेका छन् ।