जबजको नाममा ८० प्रतिशत एमालेजन दस रूपैयाँदेखि १० लाखसम्म कमिसन खान्छन : सीपी मैनाली

२०४९ सालमा मार्क्सवादी बाटोबाट तत्कालीन एमालेलाई अलग्याउने, स्खलित गर्ने कामको अगुवाई मदनकुमार भण्डारीले गर्नुभयो । उहाँले युरो कम्युनिजम ल्याउनुभयो, जो १० वर्ष पनि नटिकेर युरोपमा सिद्धियो । अहिले युरो कम्युनिजमका नेताहरू कोही ग्रिन पार्टी, कोही के पार्टीमा लागेका छन् । उनीहरूले हाम्रो विकसित देशमा प्रजातान्त्रिक ढङ्गले समाजवाद ल्याउँछाँै भनेका थिए । तर, त्यो नहुने भएपछि बिथोलिए । मदनजीको कुरा डेमोक्रेटिकल्ली नै जनवाद ल्याउन सक्छौँ भन्ने कुरा त्यस्तै हो ।

जबजको मुख्य कुरा भनेको चुनाव हो, चुनावमा पैसादेखि गुण्डागर्दी र माफियागिरी सारा चल्छ । जनवाद, समाजवाद र साम्यवाद पनि जबज भनेर हुन्छ ? एमालेमा त्यही जबज हाबी भएकाले ८० प्रतिशत एमालेजनका घरमा दस रूपैयाँदेखि १० लाखसम्म कमिसन खाने मान्छे छन् । यस्तो भएकैले बिग्रेको हो ।

नेपालको पुरानो गर्भबाट नयाँ नेपाल, जनगणतन्त्र नेपाल जन्मन्छ, तर उसलाई धाई चाहिँदैन भनियो । सुत्केरी हुने महिलालाई धाई चाहिनु भनेको बल चाहिने हो । त्यस्तै पुरानो समाजवादबाट नयाँ समाजवादका लागि बल चाहिन्छ । कति, कस्तो र कसरी भन्ने कुरा अवस्था हेरेर भर पर्छ । बिरामीको गर्भको अवस्था, आमाको अवस्था सारा कुराले त्यो निर्दिष्ट गर्ने हो । कसैलाई त शल्यक्रिया नै पनि गर्नुपर्ने हुन सक्छ । कसैलाई सामान्य तानतुन र मालिसले हुन्छ । कसैलाई पम्पले तान्नुपर्ने हुन्छ । जे गर्दा पनि बल त चाहिने नै भयो ।

मदन भण्डारीले बलबिनै जनवादमा पुग्ने परिकल्पना गर्नुभयो, जनताको बहुदलीय जनवाद भनेर । त्यो फेल भइसकेको सिद्धान्त हो । न त्यो अहिलेको विश्व परिवेशमा लागू नै हुन्छ । जस्तो– अहिले खगेन्द्र संग्रौलाले अनुवाद गरेको ‘सत्ता र सत्य’ निबन्ध सङ्ग्रह छ, यी पश्चिमा अङ्ग्रेजी लेखकका निबन्ध हुन् । निबन्ध छान्ने अमेरिकी समाजशास्त्री मेरी डेशन हुन्, उनी नेपाली पनि बोल्छिन् । त्यो पुस्तकको भूमिका मेरी डेशन र सीके लालले लेखेका छन् । लालले कर्पोरेट दुनियाँमा समाजको आमूल परिवर्तन बल प्रयोगबिना हुन सक्दैन भनेका छन् । उनी मार्क्सवादी नभए पनि दुनियाँको रीतिथिति बुझ्ने र वस्तुस्थिति हेर्ने, सत्ता र मोफसलका नागरिकलाई हेर्ने मान्छेले समेत त्यो भन्न सक्छ भने एउटा राजनीतिक पार्टीको नेता हुँ भन्ने मानिसले शान्तिपूर्वक बहुदलीय प्रतिस्पर्धाबाट जनवाद, समाजवाद वा साम्यवाद आउँछ भन्नु आफंैमा ठूलो विचलन हो ।

एमालेमा विचलन त्यहाँबाट आयो । यसमा (जबजमा) झलनाथ खनाल सबभन्दा पछि गए । झलनाथ नेपाली क्रान्तिको सिद्धान्त नयाँ जनवाद नै हो भनेर पाँचाँै महाधिवेशनसम्म त रहे तर पछि उनी पनि रहेनन् । पहिला त्यो विचलनको समर्थन गर्ने अहिलेका प्रधानमन्त्री केपी ओली हुन् । त्यसपछि साथ दिने मुक्ति मोर्चाका मोदनाथ प्रश्रित, जीवराज आश्रित सबै मान्छेहरू हुन् । त्यसपछि माधव नेपाल पनि एकै ठाउँमा पुगे । यी सबैमा शैली, तौरतरिका र पृष्ठभूमिमा भिन्नता थिए ।

मालेमा जब गलत विचार हाबी भयो, गुटबन्दी भयो अनि चिराचिरा भएको हो । तर, म हुँदासम्म मालेमा त्यस्तो भइसकेको थिएन । हामीले बहस गरेर, नीति बदलेर, कन्भिन्स गरेर आएकाले त्यो हाँगामा चिरा परेन । जब जनताको बहुदलीय जनवाद (जबज) आयो, एमालेलाई कमिसनखोर बनाउने र भ्रष्टाचारी बनाउने जबज नै हो ।

जबजको मुख्य कुरा भनेको चुनाव हो, चुनावमा पैसादेखि गुण्डागर्दी र माफियागिरी सारा चल्छ । जनवाद, समाजवाद र साम्यवाद पनि जबज भनेर हुन्छ ? एमालेमा त्यही जबज हाबी भएकाले ८० प्रतिशत एमालेजनका घरमा दस रूपैयाँदेखि १० लाखसम्म कमिसन खाने मान्छे छन् । यस्तो भएकैले बिग्रेको हो ।

रातोपाटीसँग गरेको कुराकानीको सानो अंश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *