माओवादी केन्द्रले स्थायी कमिटीको अनौपचारिक बैठक पेरिसडाडामा बसेकोछ । सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो । 

एक स्थायी कमिटी सदस्यका अनुसार समर्थन फिर्ताका लागि बैठक बसे पनि केही दिनपछि मात्र निर्णय हुने जानकारी दिए।

‘समर्थन फिर्ता लिनका लागि बैठक बस्नैपर्ने त होइन । तर, पार्टीको आधिकारिक बैठक बसेर निर्णय लिन लागिएको हुनसक्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले र प्रचण्ड–माधव समूहबीच विवाद बढिरहेकै समयमा नेकपा नामकै विषयमा परेको रिट उपर सुनुवाइ गर्दै सर्वोच्च अदालतले फागुन २३ मा एमाले र माओवादी केन्द्र ब्यूँताए पनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

सरकारको विरोध पनि गर्ने र समर्थन पनि फिर्ता नलिने भन्दै माओवादी केन्द्रको आलोचना भइरहेको छ । कांग्रेस, जसपा लगायतका दलहरुले पनि माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको भन्दै आपत्ति जनाइरहेका छन् ।