जारी खेलमा बंगलादेशविरुद्ध नेपालको एक गोलको अग्रता
काठमाडौं– थ्री नेसन्स कपअन्तर्गत दशरथ रंगशालामा जारी बंगलादेश र नेपालबीचको खेलमा नेपालले अग्रता दिएको छ। खेलको १७ औं मिनेटमा नेपालका सन्जोग राईले गोल गर्दै घरेलु टिमलाई अग्रता दिएका छन्। बंगलादेशका डिफेन्डरले क्लियर गर्न खोजेको बललाई उनले गोलमा बदलेका हुन्।
खेल हेर्न दशरथ रंगशालामा खचाखच दर्शक छन्। प्रधानमन्त्री केपी ओली पनि खेल हेर्न रंगशाला आएका छन्।