नगर प्रमुख निलम खनालले आज उद्योगको शिलान्यास गरेका छन् । सत्तरी प्रतिशत वित्तीय सहयोग र ३० प्रतिशत आफ्नो लगानीमा शुरु गर्न लागिएको उद्योगबाट यही साउनदेखि उत्पादन शुरु गरिने सञ्चालक घिमिरेले जानकारी दिए ।

पत्रकार पनि व्यवसायी क्षेत्रमा अब्बल बन्नुपर्छ र मिडिया धरासायी भएका बेला आफ्नै उद्योगको आम्दानीले पनि धान्न सकिन्छ भन्ने विश्वव्यापी मान्यतानुसार आफूले ठूलो लगानीमा उद्योग खोलेको घिमिरेले जानकारी दिए। उनी ‘फाष्ट टाइम्स’ दैनिकको सम्पादक पनि हुन् । कोरोना महामारीपछि पत्रिका बन्द रहेको छ ।

उनका अनुसार बेसारजन्य सामग्रीबाट यस उद्योगमा १५ प्रकारका वस्तु उत्पादन गरिने छ । बेसारको जुस, पाउडर, चिया, हर्बल, साबुन, फेसवास, इनर्जी भिट्टालगायतका वस्तु उत्पादन हुने छन् । अदुवाको क्याण्डीसमेत बनाउने योजना रहेको छ । यही वरिपरि उत्पादन हुने कच्चा पदार्थ सहीरुपमा सदुपयोग गर्न यस्तो उद्योग खोलेको उनले बताए । रासस