काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे बालुवाटारमा बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । सरकारले जारी गरेका केही अध्यादेश संसदमा पेश गर्न बाँकी रहेकोले थप छलफल गर्न बैठक बोलाएको हुनसक्ने बताइएको छ । 

संसद् पुनःस्थापना पछि आइतबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरुद्ध गरेपछि बुधबारसम्मका लागि स्थगित भएको थियो ।

सर्वोच्च अदालतले केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपा खारेज गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्री ओलीले सरकार जोगाउन कांग्रेस वा जसपाको समर्थन अनिवार्य लिनु पर्ने अवस्था आएकाे छ ।