विप्लव र महराबीच के भयो भेटमा ?

नेपाल कम्युनिस्ट पार्टी का महासचिव नेत्रबिक्रम चन्द विप्लवले पूर्व सभामुख कृष्णबहादुर महरासँग भेटेका छन् ।

महराकै निवासमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा महराको स्वास्थ्य स्थितिबारे विप्लवले जानकारी लिएका थिए ।

करिब दुई वर्ष लामो प्रतिबन्धपछि विप्लव नेकपा खुला भएसँगै विप्लवले भेटघाट तीव्र पारेका हुन् ।

गत शुक्रबार सरकार र विप्लव नेकपाबीच सम्झौता भएको थियो । त्यसयता विप्लवले विभिन्न नेताहरुसँग भेटघाटमा व्यस्त छन् ।

विप्लवले महरासँग भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *