प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरबीच आज भेटघाट भएको छ ।

आज बिहान ११ बजेतिर ठाकुर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

ओली र ठाकुरबीच झण्डै साढे एक घण्टा कुराकानी भएको ठाकुरको निकट स्रोतले बताएको छ ।

पुनःस्थापित प्रतिनिधिसभा बैठक बस्नुअघि भएको भेटलाई महत्वका साथ हेरिएको छ ।

प्रतिनिधिसभामा समाजवादी पार्टीका हाल ३२ जना सांसद छन् ।