धर्मेन्द्र बास्तोला भन्छन्–‘देशका मुख्य/मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्छ’

विप्लव नेकपाका नेता धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने बताएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘जनताको मत लिने गरौं। हरेक विषयमा जनतमसंग्रह गरौं भनेका छौं । यसले जनतालाई परिचालित गर्छ । पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक छ । यो प्रकारणको लोकतान्त्रिक समाज बनाऔं । अहिले हामी सरकारसँग छलफल गर्छौं । सेट अफ आईडियाज छ । हामी राख्छौं । खाका छ । हामी भन्छौं । नयाँ दिशामा जानुपर्छ  ।’

उनले जनमतसंग्रह के के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको सुनाए । उनले अघि भने,‘सबै भन्न सम्भव छैन् । खास/खास विषयमा हुन्छ । अहिले हामी सरकारसँग छलफलमा छौं । संसदीय व्यवस्था भन्दापनि लोकतन्त्र मूल कुरा हो । यसको विकसित कुरा गरेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *