विप्लवको केपिसँग पार्टीसत्ता साझेदारी गर्ने सम्भावना

सरकार र प्रतिवन्धित नेकपा विच चलिरहेको वार्ता ३ बुदे सहमतिमा टुंगोमा पुगेको छ । विप्लवकाे पार्टी र सरकारबिचकाे वार्ता कार्यनयन हुनु आवश्यक छ । तर याेसँगै केही अासङ्का र अनुत्तरित प्रश्नहरुकाे सकारात्मक जवाफकाे अपेक्षा पनि छ ।विप्लवजीकाे पार्टी यतिवेला निकै अप्ठेरोमा छ । भुमिगत भैरहँदा नेता कार्यकर्ता काेही जेल परेर, काेही कारवाही परेर निष्कृय हुने र काेही पलायन हुँदै प्रचण्डतिर गएर सिद्धिने खतरा बढिरहेको छ । तरपनि सरकारले विना कारण प्रतिवन्ध लगायर हैरान पारेकाे छ । त्यसैले सरकारसित वार्ता गरेर पार्टी खुल्ला बनाएर सिद्धिन थालेकाे पार्टीलाई पुनर्संगठित गर्न सहज बनाउने उद्देश्यले पनि वार्ता गर्न खाेजेकाे हुनु पर्छ । याे राम्रो पक्ष हाे । सत्ता साझेदारी गर्न भन्दै सरकारमा जाने उद्धेश्य पनि हुन सक्छ । यता रणनीतिक माेर्चालाई पनि अधिकतम उपयाेग गरेर सत्ता साझेदारी गर्ने भर्याङ बनाउने खतरा पनि त्यत्तिकै छ । उहाँमा प्रचण्डप्रति आक्राेस र प्रतिशाेधकाे भावना अत्यन्त धेरै भएकाे र केपीलाई पनि विप्लवलाई आफुतिर तानेर प्रचण्डलाई समाप्त पार्न पनि वार्ताकाे तुरुप सरकारले फालेकाे देखिन्छ । नत्र बैध्य संग अलग हुँदा बादलप्रति विप्लवजीकाे धारणा राम्रो थिएन ।  तिनै बादलसित वार्तामा बस्न विप्लव राजी हुनु र यस अघि अनाैपचारिक भेटघाट हुनुले प्रचण्डका विरुद्धमा विप्लव, बादल र केपीकाे स्वर मिल्ने भएको छ।यी सबै घटनाक्रमले के बताउँछ भने विप्लवको केपिसँग पार्टीसत्ता साझेदारी गर्ने सम्भावना बढेर गयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *