श्रीलंका क्रिकेट बोर्डले दिमुथ करुणारत्नेको कप्तानीमा २० सदस्यीय प्रारम्भिक टोलि घोषणा गरिएको हो ।
कोरोना संक्रमण देखिएपछी सुरंगा लकमल टिमबाट बाहिरिएका छन् भने उनको स्थानमा लाहिरु कुमारालाई टिममा समेल गरिएको छ ।
पूर्व कप्तान दिनेश चण्डिमल लामो समय पछी सिमित ओभर क्रिकेटमा फर्किएका छन् । उनले अन्तिम पटक २०१८ अक्टोबरमा टि २० आई जनवरीमा न्युजील्याण्डविरुद्ध ओडीआई खेलेका थिए ।
ईलिगल बलिङ्ग एक्सनका कारण १२ निलम्बनमा परेका श्रीलंकाका अग्रणी स्पिनर अकिला धनन्जया पनी टिममा फर्किएका छन् । आईसीसीले गत महिना उनको बलिङ्ग एक्सन सदर गरेको थियो ।
गत महिना गल्लेमा ईङ्गल्याण्डविरुद्ध टेस्ट डेब्यू गरेका अफ ब्रेक एलआउण्डर रमेश मेन्डिस पिहलो पटक सिमित ओभर सिरिजका लागी बोलाईएका छन् । यस्तै यू १९ विश्वकपमा श्रीलंकाको प्रतिनिधित्व गरेका २० वर्षीय फास्ट बलर दिलशान मदुशांक पहिलो पटक राष्ट्रिय टिममा सामेल भएका छन् ।
तिन टि २० र समान खेलको एकदिवसीय सिरिजका लागी श्रीलंकाले मार्चमा वेस्ट ईण्डिज भ्रमण गर्दै छ ।
दुई देश बिचको टि २० सिरिज ३ मार्च र एकदिवसीय सिरिज १० मार्चबाट शुरु हुने छ ।
श्रीलंका टिम
दिमुथ करुणारत्ने (कप्तान), दासुन शनाका, दनुष्का गुणथिलाके, पथम निसान्का, आशेन बंडारा, ओशादा फर्नान्डो, दिनेश चण्डीमल, एन्जेलो म्याथ्यूज, निरोशन डिकवेला, थिसारा परेरा, कमिन्दु मेन्डिस, वानिन्दु हसारंगा, नुवान प्रान्डो, नुवान दुश्मन्था चामिरा, अकिला दानानाजया, लखन संडाकन, दिलशान मदुशांक, सुरांगा लकमल ।