धादिङ । धादिङ समाज धादिङ नुवाकोटमा जारी बागमती प्रदेशस्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

नुवाकोटको बट्टारस्थित आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा आज (सोमबार) भएको क्वाटरफाइनल चरणको खेलमा घरेलु टोली नुवाकोट युनाइटेड क्लबलाई हराउँदै धादिङ सेमी( फाइनल प्रवेश गरेको हो ।धादिङले घरेलु टोली नुवाकोटलाई १-० गोल गन्तरले पाखा लगाए ।

धादिङका जर्सी नम्बर ७ का खेलाडी विपिन कडेलले खेलको पहिलो हाफको १७ औं मिनटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो ।खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका धादिङका जर्सी नम्बर १५ का सुरज गुरुङ खेलको म्यान अफ दि म्याच बने ।

जितसँगै हालसम्म खेलेको तीन खेलमा दुई खेल जित्दै एक खेल बराबरी खेलेको धादिङ ७ अङ्कसहित तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

यस्तै समान खेलमा दुई खेल जित्दै एक खेलमा हार ब्यहोरेको घरेलु टोली नुवाकोट ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।