विप्लव माथिको प्रतिवन्ध फिर्ता लिन बालुवाटारमा मन्त्रिपरिषदको बैठक

सरकारले झण्डै दुई वर्षदेखि लगाउँदै आएको विप्लव नेकपामाथिको राजनैतिक प्रतिबन्ध फिर्ता लिन मन्त्रिपरिषदको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादका लागि जनमत संग्रहमा जाने विप्लव नेकपाले वार्ताको प्रमुख एजेन्डा तय गरेको बुझिएको छ ।
सरकारका एक उच्चस्तरीय मन्त्रीमण्डलका सदस्यका अनुसार सरकार र विप्लव नेकपा दुवैले वार्ता टोली आजैं नै घोषणा गर्ने भएका छन् ।