भक्तपुर । नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंह १५औं संस्करणको एनएनआइपीए स्पोर्टस् अवार्डको महिला तर्फको सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् ।

गौरिका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) ले शनिबार भक्तपुर जिल्लाकोे मध्यपुर थिमि नगरपालिकाको निगु पुखुमा आयोजनामा गरेको १५औं संस्करणको एनएनआइपीए स्पोर्टस् अवार्डमा महिलातर्फको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन् ।

यस्तै पुरुषतर्फको सर्वोत्कृष्ट खेलडी कराँतेका मन्डेकाजी श्रेष्ठ घोषित भएका छन् ।मण्डेकाजीले पनि गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुदमा करातेबाट नेपाललाई दोहोरो स्वर्ण पदक दिलाएका थिए ।

सर्वोत्कृष्ट वर्ष खेलाडी बनेसँगै दुवै खेलाडी ट्रफिसहित नगद रु. एक एक लाख प्राप्त गरेका छन् ।