अग्रगामी रुपान्तरणका लागि सरकारसँग वार्ता गर्न तयार छौ :विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले अग्रगामी रुपान्तरणका लागि सरकारसँग वार्ता गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।
शनिबार एक प्रेस विज्ञेप्ती जारी गर्दै महासचिव विप्लवले सरकारले सहज वातावरण बनाएको खण्डमा आफ्नो पार्टी वार्ता र संवादका लागि तयार रहेको स्पष्टोक्ति दिएका छन् ।
स्मरणरहोस् यो बीचमा ओली सरकारले विप्लव नेकपासँग अनौपचारिक वार्ता र छलफल गरेको बताइएको छ ।
ओली सरकारले विप्लव नेकपालाई प्रतिवन्ध लगाएको ठीक दुई वर्ष हुन लागिरहेको बेला सरकार र विप्लव नेकपाबीच वार्ताको प्रक्रिया अगाडि बढेको हो ।
विज्ञेप्तीको पूरा पाठ –