प्रदेश प्रमुख पदमुक्त गरेपछि प्रचण्डको आक्रोश : यो दलितमाथिकै अपमान हो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ का प्रमुख तिकल परियारलाई पदमुक्त गरिनु ओली सरकारको ‘निरंकुशता’ भएको बताएका छन् ।

उनले परिवारलाई पदमुक्त गरिनु निरंकुशता र संविधानको हुर्मत लिने निचताको पराकाष्ठाका साथै सम्पूर्ण दलित समुदायमाथि नै अपमान भएको बताएका हुन् ।

प्रचण्ड पुत्री गंगा दाहालले उनको भनाइ उद्धृत गर्दै फेसबुकमा लेखेकी छिन्– ‘२ नम्बर प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिनु निरंकुशता र संविधानको हुर्मत लिने निचताको पराकाष्टाका साथै सम्पूर्ण दलित समुदाय माथि नै अपमान हो : कमरेड प्रचण्ड ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरी राजेश झालाई नियुक्त गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *