मान बहादुर बिश्वकर्मा

कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा निमार्णाधिन व्यहुली पान्तडि सडक निमार्णमा २ करोडको योजना मिलाइदिने भन्दै कालीकोट जिल्ला प्रदेशसभा क्षेत्र नं ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य कर्णाली प्रदेशका सचेतक कुर्मराज शाहीले ९ लाख रुपैया घुस लिएको आरोप लागेको छ ।

शुभकालीका गाउँपालिका–६ निवासी निमार्ण व्यवसायी सुरेन्द्रबहादुर खत्रीसंग २०७५ सालमा ९ लाख रुपैया घुस लिएर ठेक्का नमिलाएको व्यवसायी खत्रीले गुनासो गरेका छन् । ‘व्यहुली पान्तडि सडक निमार्णका लागि २ करोडको योजना मिलाइदिन्छु भन्दै प्रदेशसभा सदस्य कुर्मराज शाहीले ९ लाख रुपैया माग्नुभयो ।’ उनले भने, ‘न योजना मिलाउनुभयो न पैसा नै फिर्ता गर्नुभयो, अहिले पैसा माग्दा ज्यान मार्ने धम्की दिनुहुुन्छ ।’

आफुले सुर्खेतको मंगलगढी चौकमा प्रदेशसभा सदस्यलाई समातेपछि आफ्ना स्वकीय सचिव आयुस सेजुवालले ९ लाखको खाली चेक दिएको खत्रीले बताए । आफुले चेकको रकम झिक्न जादा खातामा पैसा नभएको उनले गुनासो गरे । मलाई विश्वास थिएन माननियले यसरी झुटको खेति गरेर पैसा असुल गर्नुहुन्छ भनेर । आफु सुर्खेत हुर्दै आफुलाई सुर्खेतबाट कालीकोट पठाएर सर्वे गर्न लगाएको र काम पनि नदिएको आफुले काम पाउने आसमा दिएको ९ लाख पनि फिर्ता नभएको खत्रीले बताए ।

यता प्रदेशसभा सदस्य माननिय कुर्मराज शाहीले आफुलाई यो विषयमा कुनै जानकारी नभएको बताए । उनले ‘मलाई यो कुरा मलाई नसोध्नुस् यो अनावश्यक कुरा हो वाइयात कुरा हो तपाईले मलाई नसोध्नुस् ।’ यता ९ लाखको चेक दिने प्रदेशसभा सदस्य आयुस सेजुवालले योजना मिलाउने भनेर रकम नमागेको बताए । उनले सुरेन्द्र खत्री मेरो मामा हुनुहुन्छ मैले उहाँबाट सापटी मागेर व्यहुली पान्तडि सडकको सर्वेको रकम भुक्तानी गरेको हुँ केही रकम फिर्ता भइसकेको छ । केही बाकी छ त्यो पनि अव छिट्टै फिर्ता हुन्छ ।’

प्रदेशसभा सदस्यको चरित्र हत्या गर्ने उद्देश्यले केही व्यक्तिले फैलाएको हल्ला हो सेजुवालले भने, ‘जुम्लाबाट सडक सर्वेको पैसा ढिला आउने भएपछि कन्टलजेन्सीलाई बुझाउनका लागि आफुले ५ लाख रुपैया सापटी मागेको हुँ ।’ यसमा माननिय ज्यूको नाम जोड्न आवश्यक छैन । तर यता पैसा दिने सुरेन्द्र खत्रीले आफुले योजना मिलाउने भन्दै मागेको दावि गरेका छन् ।

सम्बन्धित फोटो : सुरेन्द्र कसि