सरकारले जनआन्दोलन र जनयुद्धका शहीद, बेपत्ता घाइते परिवारको व्यवस्थापनका उच्चस्तरीय समिति गठन गरेको छ । पूर्वसेना तथा पूर्वबालसेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार प्रधानमन्त्री निवासमा भेटको भोलिपल्ट सरकारले यस्तो निर्णय गरेको हो ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको व्यवस्थापनका लागि लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्व समिति तीन सदस्य समितिमा गर्ने निर्णय गरेको खानेपानीमन्त्री मणि थापाले जानकारी दिए । समितिको सदस्यमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे, खानेपानीमन्त्री थापा हरेका छन् ।
पूर्वजनमुक्ति सेनाको नेतृत्व गरेर बालुवाटार पुगे लीलबहादुर थापाको टिममा रहेका बटालियन कमान्डर बलिराम देवकोटा (बर्तमान) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटकपटक सत्ता पुगेपनि आफूहरूलाई बेवास्ता गरेको तर प्रधानमन्त्री ओलीले आफ्ना समस्या समाधान गर्ने वाचा गरेकाले त्यता लागेको बताएका छन ।साथै उनले आफूहरु ओलिको पार्टीमा प्रवेश नगरेको बरु जनयुद्धका घाइतेहरूलाई निःशुल्क उपचार गर्ने, जनमुक्ति सेनालाई तालिम र रोजगारीको व्यवस्था गर्ने, शहीद परिवारलाई ‘सेटल’ गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएकोले ओलिलाइ समर्थन गरेको उनको भनाइ थियो ।
त्यसको भोलिपल्ट सरकारले परराष्ट्रमन्त्रीको नेतृत्वमा उनीहरूको व्यवस्थापनका लागि समिति बनाएको हो । समितिले शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, अपांगता भएका, घाइते तथा अन्य पीडितको लगत संकलन गरी विशेष प्याकेजका लागि सरकारलाई सिफारिस गर्ने छ ।