आफूले सरकार चलाउन नसकेपछि अरु आउने बाटो रोक्न मिल्छ ?-अधिबक्ता पोख्रेल

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा निवेदकका तर्फबाट बहस गरिरहेका अधिवक्ता दीनमणि पोख्रेलले प्रधानमन्त्रीले आफूले सरकार चलाउन नसकेको र अर्को सरकार बन्ने बाटो पनि रोकेको भन्दै यस्तो कार्य दूरायशयुक्त रहेको बताएका छन् ।
सोमबारको बहसमा बोल्दै उनले, पार्टीभित्रको सन्तुलत मिलाउन नसक्दा त्यसको सिकार संसद्लाई बनाउन नमिल्ने बताए।
उनले भने, ‘‘पार्टीभित्रको इन्ट्रेस्ट मेनेज गर्न नसक्नेले संसद्लाई पीडित बनाउन मिल्छ श्रीमान् ? पार्टीमा समस्या भए गरे पार्टी विघटन गर्ने हो नि’’ उनले भने ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै बहस गरेका अधिवक्ता पोख्रेलले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको पनि बताए ।