गिरफ्तार नेता बास्तोला र माओवादी नेता गजुरेलबीच प्रहरी हिरासतमा भेटघाट

नेकपा (क्रान्तिकारी माओवादी) नेता सीपी गजुरेलले आज विहान नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाई भेट गरेका छन् ।

ललितपुरस्थित जवलाखेल प्रहरी कार्यालय पुगेका नेता गजुरेलले गिरफतार नेता बास्तोलासँग करिब आधाघण्टा भेटघाट गरेका थिए ।

भेटका क्रममा उनीहरुबीच देशको समसामयीक राजनीतिक विषय र अहिले विकसित भईरहेका घटनाक्रमहरुवारे छलफल गरिएको जनाइएको छ । उक्त भेटमा २३ दलीय कार्यगत एकता र चारदलीय क्रान्तिकारी संयुक्त मोर्चावारे पनि छलफल गरिएको जनाइएको छ ।

केही दिन अघि ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा प्रहरीले चलाएको सर्च अप्रेसनमा नेता बास्तोलालगायत पार्टीका तीन जना कार्यकर्ताहरु पनि पक्राउ गरिएका थिए र उनीहरु सबैलाई अहिले जिप्रका ललितपुरको जावलाखेलमा राखिएको छ ।

पक्राउ परेका नेता बास्तोला सो पार्टीका सचिवालय सदस्य तथा तेस्रो बरियताका नेता हुन् । र उक्त क्षेत्रमा आयोजित एक प्रशिक्षण कार्यक्रमपछि फर्कने क्रममा सुराकीको आधाारमा उहाँहरु पक्राउ परेको जनाइएको छ । नेता बास्तोलासहित प्रकाश शाही, बिबेक कुमाल र विश्वाशलाई प्रहरीले गिरफ्तार गरेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय जवलाखेल प्रमुख किरण बज्राचार्यले गजुरेललाई दिएको जानकारी अनुसार उहाँमाथि खासै कुनै फौजदारी अभियोग लगाइएको छैन र उहाँमाथि आवश्यक अनुसन्धान पछि कानुनी प्रक्रियामा लगिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *