आज नेपाल बन्द,ठाउँठाउँमा गाडी जलाइए ,बम फेला परे

नेपाल कम्युनिस्ट पार्टीले सरकारका विरुद्ध आज माघ १० गते नेपाल बन्दको गरेको छ । सामाजिक फासिवादी केपी ओली सरकारले निरंकुश र फाशिष्ट शासन लाद्न खोजेको भन्दैं बन्दको आयोजना गर्नु परेको बताइएको छ ।

नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले विहीबार एक प्रेस विज्ञेप्ती जारी गर्दै यस्तो बताएका हुन।

नेता बास्तोलाको पक्राउले यो राज्य र संविधानले दिएको राजनीतिक अधिकारको समेत धज्जी उडेको विप्लवको आरोप छ ।

यस्तोखाले दमनका विरुद्ध आवाज उठाउन महासचिव विप्लवले राजनीतिक पार्टी, बुद्धिजीवि र आम नागरिकलाई अनुरोध समेत गरेका छन् ।

राज्यको फासिष्ट दमनले आफ्नो क्रान्ति नरोकिने भन्दैं महासचिव विप्लवले एकदिन यो दमनकारी फाशिष्ट राज्य समाप्त हुने उदघोष गरेका छन् । नेकपाका कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाएका छन् ।यसैक्रममा सिरहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर बम फेला परेको छ ।बनेपामा पनि बम भेटियोको छ।,बमलाइ सेनाले डिस्पोज गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *