दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था आजको समस्या – बिप्लब

केपी ओलीले संसद विघटन गरेपछि देशमा संकट पैदा हुनुका कारणहरुमा संसदवादी दलहरुले एकले अर्कोलाई सरापिरहेका छन् ।

केपीले आफ्नैं दलका प्रचण्ड माधवहरुले काम गर्न नदिएको र सरकार ढाल्न खोजेको तर्क गरेका छन् । प्रचण्ड माधवले केपीले पार्टीको निर्णय नमानेको साथैं आफ्नो मनपरी गरेकोले समस्या आएको तर्क गरेका छन् । कांग्रेसले कम्युनिस्ट पार्टी सरकार चलाउन असफल भएको तर्क गरेको छ । जनता समाजवादी पार्टीले सरकार असफल भएको तर्क गर्दैछ । यसको समाधानको बारेमा उनीहरुका आफ्नैं धारणा रहेको छ ।

मुख्यत केपीले नयाँ चुनाव गरेर निकास दिनुपर्छ भनेका छन् । प्रचण्ड माधवले संसद पुनस्र्थापना गरेर नयाँ सरकार बनाई निकास दिुनपर्छ भनेका छन् भने कांग्रेसले भित्रबाट चुनावमा जान चाहन्छ भनेको छ तर बाहिर संसद विघटन गलत गलत हो, जे भएपनि कांग्रेस मान्छ भनेको छ । तर हामी यो असफलता र संकट आउनुको कारण केपी सरकार पनि हो तर यो मात्र होइन प्रचण्ड माधवको अवरोध पनि हो । तर त्यति मात्र होइन कथित कम्युनिस्ट सरकारको असफलता पनि हो ।

अझ त्यति मात्र होइन यसको मुल कारण भनेको दलाल पुँजीवादी सत्ता चलाइरहेका दलाल पुँजीपति वर्ग समुहहरुको आपसी टक्कर संघर्ष हो । दलाल पुँजीपति र साम्राज्यवादी शक्तिहरुले खेलाउँदा खेल्ने कठपुतली चरित्रका पार्टी र नेताहरुको अवसरवादी आत्मसमर्पणवादी चरित्रका साथैं आपसी हानथाप र संघर्ष हो । साम्राज्यवादी शक्तिहरुको आपसी संघर्ष र विफलता हो । आफ्नो स्वार्थका लागि जे पनि तयार गर्न दलालहरुको सत्ता र सरकारको विफलता हो । यस अर्थमा यो संकटको मूल कारण भनेको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था हो ।

यसको समाधान पनि न केपी सरकार हो न त संसदको पुनस्र्थापना हो न त चुनाव हो । यसको वास्तविक समाधान भनेको दलाल पुँजीपति वर्गको सत्ता र व्यवस्थाको आमुल परिवर्तन हो । हाम्रो विचारमा यो विश्लेषण र निकासको विकल्प जनचाहनासँग मेल खाने विचार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *