काठमाडौं। माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेडबीच व्यवसायिक सम्झौता भएको छ। यो सम्झौतापछि महिन्द्रा गाडी खरीद गर्न आउने ग्राहकलाई बैंकले सहुलियत दरमा कर्जा दिने भएको छ।

सम्झौतापत्रमा अग्निका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे। बैंकका सबै शाखाबाट महिन्द्रा गाडी किन्दा सहुलियत दरमा कर्जा दिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।