काठमाडौं। नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) साउथ एसिया फेडरेसन अफ एकाउन्ट्स अवार्डस् ९साफा० २०१९ का लागि सार्वजनिक क्षेत्रको विधा अन्तर्गत सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदनमा दोस्रो रनर अपको रूपमा सम्मानित भएको छ। एनसीएचएलले आर्थिक बर्ष २०७५/७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदन र यसको वित्तीय र कर्पोरेट गभर्नेन्ससँग सम्बन्धित मुल्याङ्कनको आधारमा सो पुरष्कार प्रदान गरिएको हो। पुरस्कार श्रीलंकाको इन्स्टिच्युट अफ चार्टर्ड एकाउटेन्ट्स (सीए श्रीलंका) द्वारा आयोजित भर्चुअल कार्यक्रममा घोषणा गरिएको हो।

यस वर्ष इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान) द्वारा आयोजना गरिएको आईक्यान बेस्ट प्रिजेन्टेड अवार्ड (बीपीए) २०१९ मा पहिलो स्थान पाएपछि एनसीएचएललाई साफामा पठाएको थियो।

एनसीएचएल गत बर्ष पनि साफाद्वारा मेरिट सर्टिफिकेटको साथ पुरस्कृत भएको थियो र यस बर्ष दोस्रो रनर अप भएर आफ्नोे प्रदर्शनमा सुधार ल्याएको विज्ञप्तिमा उल्लेख छ।