नबिल बैंक लिमिटेडले स्थानिय बासिन्दाको आर्थिक गतिविधिमा सहयोग पुर्याउने उदेश्यले विभिन्न स्थानिय निकायसंग सम्झौता गरेको छ ।

बैंकले बुधबार विभिन्न गाउँपालिकामा रहेका शाखा मार्फत स्थानिय निकायसंग समन्वय गरी साना तथा मद्यौला ब्यवसायका साथै कृषि सम्बन्धि कार्यक्रममा सहयोग पुर्याउको लागि स्थानिय निकायसंग सम्झौता गरेको जनाएको छ ।सो सम्बन्धि सम्झौतामा डोटी जिल्लाको सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल र पञ्चेश्वरगाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दसंग नबिल बैंकका सहायक महाप्रबन्धक गणेश प्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्दबीच हस्ताक्षर सम्पन्न भएको छ ।

सो कार्यक्रममा जनप्रतिनिधि, स्थानिय व्यबसायी, व्यापारी, महिला उद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेतका उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियत पुर्ण कर्जाको माध्यमबाट स्थानियको आर्थिक विकासमा बैंकले के कस्तो योगदान दिन सक्छ भन्ने विषयमा स्पष्ट पार्नुभयो ।

गाउँपालिकाका अध्यक्षद्तेज बहादुर डुम्रेल र गोरख बहादुर चन्दले, बैंक र गाउँपालिका बीचको सम्झौता प्रशंसा योग्य रहेको धारण व्यक्त गर्नुभयो । सो कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले यो सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउँको आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।