मंगलबार बिहानका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक केही समय बसेर स्थगित भएको छ । कोरम नपुगेपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठकमा कोरम नपुगेको हो । 

परिषद् अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले बैठकको एजेन्डाको विषयमा जानकारी नगराएको भन्दै सापकोटा बैठकमा उपस्थित नभएका हुन् ।

प्रमुख प्रतिपक्ष दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकमा उपस्थित भएका थिए ।

संवैधानिक परिषद् बैठक बस्नका लागि पाँच सदस्यको अनिवार्य उपस्थित हुनुपर्छ । प्रतिनिधिसभाको उपसभामुख पद रिक्त भएकाले सभामुख सापकोटा अनुपस्थित हुँदा बैठकमा कोरम नपुगेको हो ।

प्रधानमन्त्री र परिषद्का अन्य सदस्यबीच छलफलपछि प्रधानमन्त्री ओलीले साँझ ५ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आइतबारका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दलका नेता देउवा उपस्थित नभएपछि मंगलबारका लागि सरेको थियो ।

लामो समयदेखि परिषदको बैठक बस्न नसक्दा संवैधानिक निकायमा नियुक्ति हुन सकेको छैन । संवैधानिक नियुक्तिमा भागवण्डा नमिल्दा १३ महिनादेखि बैठक बस्न सकेको थिएन ।

बैठक बस्न नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगमा नियुक्ति हुन नसकेको हो ।

सभामुख सापकोटा बैठकमा उपस्थित नहुनुलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादको असरको रुपमा लिइएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले सभामुख सापकोटालाई बैठकमा नजान भनेको र सोही अनुसार सभामुख सापकोटा बैठकमा उपस्थित नभएको आरोप बालुवाटार स्रोतले लगाएको छ ।

सभामुख सापकोटा प्रचण्डको एस मेन भएपछि     मन्त्रिपरिषद बैठक सकिएको केही बेरमा राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन्। मन्त्रिपरिषद बैठकमा अध्यादेशबारे छलफलनै भएको थिएन।

अध्यादेश अनुसार विपक्षी दलको नेता र सभामुख उपस्थित नभए पनि परिषद बैठक बस्न सक्छ।त्यही अध्यादेशको आधारमा परिषदको बैठक बसेको हो।

यसबाट के प्रष्ट हुन्छ भने ओलिले एस मेन  रास्ट्रपति बनाए पछि प्रचण्डको एस मेन सभामुख बनाएको बुझिन्छ ।