नेपालको अग्रणी भुक्तानी प्रणाली अपरेटर फोनपे पेमेन्ट सर्विस लिमिटेड र सेलपेबीच क्युआर भुक्तानी सम्झौता भएको छ ।

सम्झौतापत्रमा फोन पेकोतर्फबाट एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र सेलपेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार सेलपेका ग्राहकले सेलपेको मोबाईल एप्लीकेशनबाट क्यूआर मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् ।

सम्झौतासँगै सेलपेका ग्राहकले फोनपेका एक लाख ६० हजार भन्दा धेरै मर्चेन्टमा क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । पछिल्ला दिनमा फोन पे नेटवर्कमा बैंक तथा वित्तीयसंस्थाका साथै विभिन्न भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरू आवद्ध हुने क्रम बढ्दो छ भने मर्चेन्टहरुस्को संख्या पनि तिब्र रूपमा बढिरहेको छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैक तथावित्तीय संस्था आवद्ध छनत् भने एक लाख ६०हजार बढि मर्चेन्ट रहेका छन् । ११ लाखमोबाईल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान-PCI DSS v3.2.1) प्रमाणीकरण प्राप्त संस्था हो ।
सेलपे एप्लिकेशनको माध्यमबाट आफ्नै बैंक खाताप्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने माध्यम हो । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपे मार्फत विभिन्न किसिमका भुक्तानीगर्न सकिन्छ ।