काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले डिसेम्बर ब्लेजिङ्ग एक्सचेन्ज गर्न लागेको छ । भोलि (शुक्रबार) र पर्सी (शनिबार) दुई दिन थापाथलीस्थित टाटा मोटर्सको सोरुममा डिसेम्बर ब्लेजिङ्ग एक्सचेन्ज आयोजना गर्न लागेको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सको सोरुममा गई यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एचफाईभ, नेक्सन, टियागो र टिगोरलगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिने जनाइएको छ । यस्तै टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, ५० हजारसम्मको एक्सचेन्ज बोनस, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायत विशेष आर्कषण रहेको कम्पनीले जनाएको छ ।