वार्ताका लागि तयार छौं : विप्लव

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ताका लागि आफ्नो पार्टी तयार रहेको महासचिव विप्लवले बताएका छन् । विप्लवले वार्ताको हल्ला गरेर मात्रै नहुने भन्दै धारणा के हो भनेर सरकारलाई स्पष्ट पार्न बताएका छन् ।

महासचिव विप्लवले आफूहरु वार्ताका लागि सधै खुला रहेको बताएका छन् । उनले सरकारले वार्तालाई जालझेलको विषय बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सरकारले यसअघि वार्ताको नाममा षड्यन्त्र गर्न खोजेकाले वार्ताको वातावरण बन्न नसकेको पनि महासचिव विप्लवले आक्रोश व्यक्त गरे ।

सत्तारुढ नेकपाभित्रको किचलाको विषयमा विप्लवले सत्ता स्वार्थले ल्याएको परिणाम भनेका छन् । व्यवस्था नै ठीक नभएकोले समस्या आइरहेको विप्लवको तर्क छ।

देशमा देखा परिरहेको गत्यारोध कुनैं पार्टी र पात्रको नभएर त्यो अहिले संसदीय व्यवस्थाभित्र रहेको संकटको कारणले उत्पन्न गरेको विप्लवको भनाई छ । पार्टी निकट अनलाइन पत्रिकालाई दिएको भिडियो अन्तर्वार्ता बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *