अब वामदेव प्रचण्ड कि ओलि तिर ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू कुनैपनि गुटमा नरहेको अभिव्यक्ति दिएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह सशंकितसँगै रक्षात्मक बनेको छ ।

गौतमले शनिवार पार्टीमा विभाजन नआउने दाबी गर्दै आफू कुनैपनि गुटमा नरहेको बताएपछि प्रचण्ड–नेपाल समूह संशकित बनेको हो । तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिवार आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिदै सो कुरा बताएका थिए ।

‘म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु,’  उनले भने, ‘मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन,’ उनले भनेका छन् । दुई महिनायता निरन्तर प्रचण्ड–नेपाललाई सहयोग गर्दै आएका उनले सो अभिव्यक्ति दिएर मध्यमार्गी बाटो अपनाएको आभाष दिन खोजेका छन् ।

वामपन्थी बुद्धिजिवी श्याम श्रष्ठले दुई दिनअघी एक टेलिभिजन कार्यक्रममा ओलीसँग फरक मत राख्दै आएकामध्ये वामदेब गौतमको अझै विश्वास नरहेको भन्दै उनीमाथि आशंका व्यक्त गरेका थिए । उनको गतिविधीले सोहि आशंका ओली इतरको समूहमा रहेको थियो ।

दाङमा दिएको अभिव्यक्तिले यहि आशंकालाई पुष्टी गरेको सत्ताधारी नेकपाकै एक नेता बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *