गत हप्ता संखुवासभामा बिप्लप समूहले गस्तीमा रहेको प्रहरीमाथि गोली प्रहार गरेको थियो । 

सोमबारका दिन  विहान त्यहाँ गस्तीमा गएको प्रहरीमाथि चैनपुर नगरपालिका ४ को मैदानेमा गोली प्रहार भएको हो । त्यहाँ १३ जना प्रहरी गस्तीमा रहेको समयमा गोली प्रहार भएको हो ।

आफूहरुमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गरेको थियो । प्रहरीले आठ राउन्ड गोली प्रहार गरेको जनाएको थियो ।                                              अत्याधुनिक हतियारसहित बिप्लपले सेना गठन                                                                               नेकपाको विवाद र कोरोना महामारीको मौका छोपेर बिप्लप समूहले पूर्व र पश्चिम नेपालका विभिन्‍न जिल्लाका जंगलमा गोप्य सैनिक तालिम सञ्चालन गरेको बुुुझिएको छ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूह सैन्य तालिममा संलग्‍न रहेको खुलेको छ ।

एक उच्च सुरक्षा अधिकारीका अनुसार तनहुँको पहाडी क्षेत्र, सोलुखुम्बु, कालीकोट, जुम्ला, जाजरकोटमा सैन्य तालिम सम्पन्‍न भइसकेको छ भने डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पामा सैन्य तालिम सञ्चालन गर्ने तयारी छ । सत्तारुढ दलको विवाद उत्कर्षमा पुगेको र सरकारको लोकप्रियता खस्किँदै गएको निष्कर्ष निकाल्दै विप्लव समूहले सरकारले दमनको नीति लिएकाले प्रतिरक्षाका लागि तालिम आवश्यक समूहको दाबी छ । विप्लव समूहको सैन्य दस्तामा अधिकांश पूर्वजनमुक्ति सेनाका लडाकु रहेको बताइएको छ । सैन्य तालिम र प्रशिक्षणमा सो पार्टीका जनसरकार प्रमुख सन्तोष बुढा, उदय चलाउनेलगायत सहभागी हुने गरेको पाइएको छ । ७ दिनदेखि २० दिनसम्मको तालिम दिइएको पाइएको छ ।