विप्लव सहित २२ वाम घटकले एमसीसी खारेजको लागि मंसिर ७ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने

विप्लव सहित विभिन्न २२ राजनीतिक दलले आगामी मंसिर ७ गते माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् । २१ दलको बैठकले वामपन्थी संगठन– समाजवादी राष्ट्रिय मञ्चलाई पनि कार्यगत एकतामा सामेल गर्दै अब २२ दलबीच कार्यगत एकता हुने छ ।

अमेरिकी संस्था एमसीसीसँग नेपालका विभिन्न सरकारद्वारा विभिन्न समयमा गरिएका राष्ट्रघाती सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्यिाधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुर आदि भूभागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण र निःशुल्क  उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्था लगायतका माग ती दलले अघि सारेका छन् ।

यस्तै, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउने आदि विषयमा कार्यगत एकताले गर्दै आएको संघर्षलाई अझ सशक्त बनाउने निर्णय गरिएको सीपी गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘यसका निमित्त आगामी मंसिर ७ गते दिनको १ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध कार्यक्रमको आयोजना गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसै प्रकारको कार्यक्रम देशका सबै प्रदेशले कम्तीमा एक–एक स्थानमा समेत आयोजना गर्ने प्रयत्न गरिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *