काठमाडौं । एनसीएचएलले एनआइसी एसिया बैंकसँग सहकार्य गरी कनेक्ट आईपीएस डिजिटल किनमेल अफर ल्याएको छ । यसपालिको तिहारमा अनलाईन किनमेल अनलाईन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले एनसीएचएलले उक्त अफर ल्याएको हो ।

यस अफर अन्तर्गत बैंककाग्राहकले ठूलो डटकम तथा कल्पमार्टबाट अनलाइन किनमेल गरी कनेक्ट आईपीएस मार्फत भुक्तानीगर्दा प्रतिकारोबार १५ प्रतिशत (अधिकतम रु ५००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो अफर तिहारको समयलाई लक्षित गरी कार्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म लागू हुनेछ । बैंकका ग्राहकले कनेक्ट आईपीएसमा एक पटक रजिष्टर गरी आफ्ना खाताहरु लिन्क गरी बैंकबाट वा अन्लाईनबाटै सेल्फ भेरिफाई गराई सेवा सुचारु गर्न सक्दछन् ।

ग्राहकहरुले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न कनेक्ट आईपीएसको वेभसाइट, मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल/ईन्टरनेट बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा जोडिएको पेमेन्ट गेटवे लगायतका माध्यमहरुबाट प्रयोग गर्न सक्छन् ।