स्पेनिस ला लिगामा बार्सिलोनाले खराब खेल प्रदर्शन गरिरहेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित भएको एलाभेसँग बार्सिलोना १–१ को बराबरीमा रोकिएको हो । योसँगै उसले ला लिगामा लगातार चार खेलमा जित निकाल्न सकेन । ​​

एलाभेसको घरेलु मैदानमा भएको खेलको ३१ औँ मिनेटमा रिओजाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा बार्सिलोना १–० ले पछाडि पर्यो ।

दोस्रो हाफको ६२ औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै जोटा मैदाबाट बाहिरिएपछि एलाभेस १० खेलाडीमा सीमित भयो । ​

एभालेस १० खेलाडीमा सीमित भएको पहिलो मिनेटमै बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले गोल गरे । त्यसपछि भने बार्सिलोनाले १० खेलाडीमा सीमित भएको एलाभेसमाथि गोल गर्न सकेन ।

बार्सिलोनाले एलाभेसको पोस्टमा थुप्रै प्रहार गरेको भए पनि गोल हुन सकेन । एलाभेसको पोस्टमा लियोनल मेस्सी, आन्सुमन फाती, सर्गिनो डेस्टले गरेको प्रहारलाई गोल रक्षकले रोकेका थिए ।

शनिबार रातिको खेलमा बराबरी खेलेसगै बार्सिलोनाको ६ खेलबाट ८ अंक भएको छ । एलाभेसको समान ८ अंक छ ।