`रअ´ का प्रमुखसंग भेटेपछि ओली एकाएक भारतसँग नजिकिए

दुई दिन नेपाल भ्रमणमा आएका भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनेलिसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल बुधबार काठमाडौं आएलगत्तै खैलाबैला मच्चिएको थियो । उनी विशेष विमानमा किन नेपाल आए ? यो आम चासोको विषय बन्यो ।

देशका प्रधानमन्त्रीको स्वीकृति विना उनी आउने सम्भव नभएको नेकपा विदेश विभागका विष्णु रिजालले रेडियो एनआरएनसँग भनेका छन् । उनको भनाईलाई आधार मान्ने हो भने ओलीकै अनौपचारिक निम्तोमा गोयल नेपाल आए ।

गोयलले एक रातको नेपाल बसाईंमा महत्वपूर्ण भेटवार्ता गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुसँग भेटेका छन् ।यस घटनाले ओली एकाएक भारतसँग नजिकिएको बुझिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *