काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३,१०७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले काठमाडौं जिल्लामा २ हजार ३९१, भक्तपुरका १७३ र ललितपुरका ५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार बुधबार देशभर ५ हजार ७४३ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो समय देशका अन्य क्षेत्रहरु भन्दा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ अत्याधिक बढ्दै गएको छ। मन्त्रालयले संक्रमितहरु थपिएको पुष्टि गरे पनि संक्रमितहरुको ठेगाना भने खुलाएको छैन।