सरकारले कोभिड १९ को परीक्षण गर्ने प्रयोगशाला र उपचार गर्ने कोभिड -१९ अस्पतालको सेवा दशैं विदामा पनि यथावत रुपमा सञ्चालन रहने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले आवश्यकता अनुसार परीक्षण र उपचार सेवा यथावत रुपमा सञ्चालन गर्ने गराउने निर्णय भएको बताए ।

त्यसो त आजको दिनमा देशभर ४४ हजार ४७६ संक्रीय संक्रमित रहँदा १४ हजार ६७६ जना भने अस्पतालमै भर्ना भएर उपचाररत छन् । आज मात्रै ५ हजार ७४३ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रवक्ता डा गौतमले कोरोना नियन्त्रण र रोकथाम सम्भव रहेको र यसको लागि सबैले आ(आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि सरकारले गरेको निर्णयलाई अपव्याख्या गरी कतिपय सञ्चारमाध्यमबाट भ्रामक समाचार आइरहेको भन्दै उनले भ्रम फैलाउने समाचार नदिन समेत सम्वन्धीत पक्षलाई आग्रह गरे ।